National

यी हुन् बुधबार खुल्ने बैंकका शाखाहरु (सूचीसहित)

 Banks
  • बैंकिङ संसार 
काठमाडौं । निषेधाज्ञाको अवधिमा पनि विभिन्न बैंकले देशका विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै बैंकहरुले देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो ।
ग्लोबल आईएमई बैंक 
ग्लोबल आईएमई बैंकले एक सुचना जारी गर्दै उपत्यकाभित्रका १० वटा बैंकको शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट आफ्ना केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये १ सय ४ वटा बैंकको शाखा र १३ वटा विस्तारित काउन्टरमार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । यस बैंकको सुदुरपश्चिम प्रदेशमा भने गौरा पर्वको कारण बुधबार (आज) सबै बैंक सेवा बन्द हुने भएको छ ।
प्रभु बैंक
प्रभु बैंकले केन्द्रिय कार्यलयसहित अन्य १० वटा बैंकको शाखामार्फत काठमाडौं उपत्यकाभित्रबाट ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकको वाग्मती प्रदेशबाहेकका अन्य प्रदेशहरुमा त्यहाँका स्थानिय सरकारको अनुमति दिए खुल्ला हुने भएको छ ।
नेपाल बैंक
नेपाल बैंक लिमिटेडले आफ्ना देशभर रहेका ८६ वटा बैंकको शाखाहरुमार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै र सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ५९ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
सिभिल बैंक
सिभिल बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ४८ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । सुदुरपश्चिम प्रदेशमा भने बुधबार (आज) बैंकका सबै शाखा कार्यलय बन्द हुने भएको छ । 
एभरेष्ट बैंक
एभरेष्ट बैंकले काठमाडौं उपत्यकाभित्रबाट ६ वटा बैंकको शाखा कार्यलय र १ वटा राजस्व संकलनमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त सेवा दिएको हो । यस बैंकको वाग्मती प्रदेश बाहेकका अन्य प्रदेशहरुमा स्थानिय सरकारले अनुमति दिए अनुसार बैंकका शाखा खुल्नेछन् ।
कुमारी बैंक
कुमारी बैंकले काठमाडौं उपत्यकाभित्रबाट १३ वटा बैंकको शाखा कार्यलयमार्फत सेवाग्राहीहरुलाइृ सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना उपत्यकाभित्र रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।
नेपाल इन्भेष्मेन्ट बैंक
नेपाल इन्भेष्मेन्ट बैंकले ६ वटा बैंकको शाखामार्फत काठमाडौं उपत्यकाभित्रबाट ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकको वाग्मती प्रदेशबाहेकका अन्य प्रदेशहरुमा त्यहाँका स्थानिय सरकारले अनुमति दिए खुल्ला हुने भएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आफ्ना देशभर रहेका ५० वटा बैंकको शाखाहरुमार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै र सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
सेन्चुरी बैंक
सेन्चुरी बैंक लिमिटेडले देशभरी रहेको शाखाहरुमध्ये ४३ वटा बैंकको शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त बैंकिङ सेवा प्रदान गरेको हो ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले प्रधान कार्यलयसहित अन्य ५ वटा बैंकको शाखामार्फत काठमाडौं उपत्यकाभित्रबाट ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकको काठमाडौं उपत्यकाबाहेकका अन्य ठाउँहरुमा त्यहाँका स्थानिय निकाय वा जिल्ला प्रशासन कार्यलयले अनुमति दिए खुल्ला हुने भएको छ ।
नबिल बैंक
नबिल बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ३७ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । सुदुरपश्चिम प्रदेशमा भने बुधबार (आज) बैंकका सबै शाखा कार्यलय बन्द हुने भएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै