National

तिनाउ मिसन डेभलपमेन्ट बैंकले घटायो कर्जाको व्याजदर, ग्राहकहरुलाई राहतदिने उद्देश्य

 Tinau Mission Development Bank
  • बैंकिङ संसार
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले कर्जाको व्याजदर घटाएको छ । बैंकले आफ्ना ऋणी ग्राहकहरुलाई राहतदिने उद्देश्यले कर्जाको व्याजदर घटाएको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको असरबाट आफ्ना ग्राहकहरुलाई पर्न गएको आर्थिक भारलाई राहत दिने उद्देश्यले उक्त व्याजदर घटाएको बैंकले जनाएको छ ।
कोरोनाको कारण विगत ६ महिनादेखि आफ्नो पेसा र व्यवसायहरु निरन्तर रुपमा चल्न नपाई आर्थिक भारमा परेका ग्राहकहरुलाई व्याजदरमा पुनः २.२५ प्रतिशत व्याजदर घटाएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय बुटवलमा रहेको छ ।
यस बैंकले ७ वटा जिल्लाका विभिन्न ग्रामीण एवम् सहरोन्मुख क्षेत्रमा खोलिएका ५३ वटा शाखा कार्यालयहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै