काठमाडौँ। सरकारले ‘फिनटेक मार्केट प्लेस’ स्थापना गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३-८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा ‘फिनटेक मार्केट प्लेस’ स्थापना गर्ने भएको हो। सँगै सरकारले बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि आगामी पुस मसान्तभित्रै ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ।
त्यस्तै, उनले दुई करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने पनि जानकारी दिए । सरकारले न्यूनतम दुई करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषकलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो ।
सरकारले कृषिको सहुलियत लोनलाई पनि वास्तविक कृषसम्म पुर्याउने लक्ष्य राखेको छ ।

