काठमाडौँ। सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने जनाएका छन्।
साथै अव विना सहमति बैंकहरुले ओभर टाइम काममा लगाए र त्यसको पैसा नदिए बैंकले आर्थिक अपराध गरेको ठहर भई सिइओ र संचालक समितिलाई कारवाही हुने भएको छ । आर्थिक बर्ष २०८३-८४ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३-८४ बजेट प्रस्तुत गर्दै राष्ट्र बैंकको सुपरिवेक्षणमा ‘फिनटेक मार्केट प्लेस’ स्थापना गरिने पनि जनाएको छ।
सँगै सरकारले बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि आगामी पुस मसान्तभित्रै ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ। पूर्णपाठः


