सरकारले सेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन कानुनी व्यवस्थामा परिमार्जन गर्ने

काठमाडौँ। सरकारले सेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन कानुनी व्यवस्थामा परिमार्जन गर्ने भएको छ। संघीय संसदको दुवै सदनको जेठ १५ गतेको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

मन्त्री वाग्लेले धितोपत्र दोस्रो बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन विदेशी लगानी स्वीकृति, लगानी लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरका सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गरिने बताएका छन् ।

त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ । यस्तै अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर सात तहमा सीमित गरेको घोषणा गरे ।

बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्त:शुल्क खारेज गरिएको पनि उनले जानकारी दिएका छन्  ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै