काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणाली प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
ब्यूरोले सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आईपीएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको खुलासा गरेको छ।
प्रयोगकर्तालाई ‘फिसिङ लिंक’ पठाई व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सावधानी अपनाउन आग्रह गरेको छ।
साथै, ब्यूरोले यस्ता अनधिकृत लिंक नखोल्न तथा सचेत रहन आग्रह गरेको छ।

