काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरका पुर्ण बहादुर डिम्डुङ रहेका छन्।
चेक बाउन्स मुद्दामा ५२ लाख बिगो तोकिएका उनलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौँडाले ५२ लाख बिगो र २ वर्ष कैद फौसला गरेको थियो।
सो फैसला भएपछि उनी फरार रहेका थिए।
उनलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मअदालत हेटौंडामा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

