काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ७ अर्ब बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले जम्मा ७ अर्ब ३० करोड लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले रकम लिनका लागि ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।
https://www.nrb.org.np/contents/uploads/2026/05/PnG-Notice-7.3-Arba.pdf


