PRABHU BANK

ग्लोबल आइएमई बैंकको थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकको थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालन भएसँगै शाखारहित बैंकिङ्ग सेवाको संख्या २२० पुगेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १ अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा साङ्गे शेर्पालाई नियुक्त गरीएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. १५ ज्यामिरगढीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा तीर्थराज काफ्लेलाई नियुक्त गरीएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्न, तोकिएको सीमा सम्मको रकम जम्मा गर्न तथा झिक्न, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन, कर्जाको व्याज भुक्तानी गर्न, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न लगायतका सेवा लिन सक्नेछन् ।
बैंकको देशभरी २ सय ५९ वटा शाखा, २ सय ३४ वटा एटिएम, २ सय २० वटा शाखा रहित बैंकिङ्ग सेवा र ४३ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै