National

विश्व बैंकद्धारा नेपाल सरकारलाई २० करोड अमेरिकी डलर बराबरको अनुदान

World Bank
  • बैंकिङ संसार
काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपाल सरकारलाई २० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने भएको हो । विश्व बैंकले नेपाललाई कोरोना भाइरसको समस्यामा परेको अर्थतन्त्र उकास्न उक्त आर्थिक सहयोग गर्ने भएको हो । 
बैंकले फाइनान्स फर ग्रोथ विकास नीति अन्तर्गत कोभिड-१९ का वित्तीय क्षेत्रको स्थायित्वलाई थप बलियो बनाउन, वित्तीय साधनलाई थप विविधिकरण गर्न र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्नको लागि सहयोग पुर्याउने उद्देश्यका साथ यस सहयोग गरेको जानकारी दिएको छ ।
फाइनान्स फर ग्रोथ सहयोग परिचालनबाट विशेष गरी महामारीको प्रभाव न्यूनिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको जोखिमको नियमन र सुपरीवेक्षण गर्न सहयोग पुग्ने विश्वास विश्व बैंकले लिएको छ । 
यस्तो सहयोग रकमबाट पुँजी, बीमा, उद्यम पुँजी, निजी इक्विटी र प्रकोप जोखिम न्यूनिकरण गरी थप लगानी गर्न स्रोध उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै