National

नेपाल बैंकको विशेष साधारण सभा असोजमा हुने, यस्ता छन् एजेण्डाहरु

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौँ । नेपाल बैंक लिमिटेड को विशेष साधारण सभा हुने भएको छ । बैंकको विशेष साधारण सभा असोज १९ गते बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत हुने भएको हो । बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस सभामा सहभागी हुन चाहने सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने बैंकले जनाएको छ ।
विशेष साधारण सभामा बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट वृद्धि गरी ३ जना कायम गर्ने विशेष प्रस्ताव रहेको छ । 
त्यसैगरी विशेष साधारण सभा प्रयोजनका लागि असोज ८ गते सेयरधनी दर्ता बुक क्लोज गर्ने निर्णय गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा असोज ७ गतेसम्म कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीहरुले मात्र विशेष साधारण सभामा सहभागी हुन पाउनेछन् ।
भिडियो कन्फ्रेसमार्फत आफ्नो मन्तव्य राख्न चाहने सेयरधनीहरुले भने सभा हुनु भन्दा ४८ घण्टा अगावै आफ्नो नाम र इमेल ठेगाना टिपाउनु पर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै