सिद्धार्थ बैंकको ९ लाख ९४ कित्ता सेयर बिक्रीमा

काठमाडौँ। सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ९ लाख ९४ हजार १६४ कित्ता सेयर बिक्रीमा राखेको हो।

उक्त सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन काठमाडौँको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै