कामना सेवा विकास बैंकले मर्चेण्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना गर्ने

काठमाडौँ। कामना सेवा विकास बैंकले मर्चेण्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना गर्ने भएको छ। बैंकले मर्चेण्ट बैंकिङसम्बन्धी काम गर्न आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको हो ।

उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ।

यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो। नेपाल राष्ट्र बैंकवाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्वन्धी कानुन तथा नियामकिय व्यवस्थाअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमती तथा दर्ता प्रकृयाहरु पूरा गरी मर्चेण्ट बैंकिङ सेवाहरु सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।

हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ।

यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पूग्ने बैंकले विश्वास लिएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै