एनएमबि लघुवित्तको १२औं वार्षिक साधारण सभा चैत २५ गते

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १२ औं वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा चैत २५ गते बुधबार पोखरा ८, न्यूरोडस्थित होटल सिटि स्क्वायर प्राइभेट लिमिटेडमा बोलाएको हो।

सभा बिहान १० बजेदेखि सुरु हुनेछ। उक्त साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने- गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अघि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने-गाभिने वा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रधान गर्नेछ।

साथै, आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१-०८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८२-०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने र एनएमबि बैंकबाट एनएमबि लघुवित्तमा सञ्चालकको रूपमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

सो सभा प्रयाजनार्थ चैत १७ गते कम्पनीको शेयर दाखिल खारेजीको काम बन्द (बुक क्लोज) रहनेछ। जसअनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चैत १६ गतेसम्म कारोबार भई तोकिएको समयभित्रमा कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडबाट प्राप्त नामसारीको लिखतको आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरू मात्र साधारणसभामा भाग लिन सक्नेछन्।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै