वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी घोटाला हुने बैंक बन्यो सिटिजन्स, ५ करोड रकम घोटाला भएको तथ्य बाहिरियो !

काठमाडौँ। नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी घोटालाका घटना घटिरहने बैंक सिटिजन्स बैंकमा फेरी ५ करोड रकम घोटाला भएको तथ्य बाहिरिएको छ ।

रकम घोटाला त छँदै छ, सिटिजन्स बैंकमा घोटाला हुनु नौलो खबर नै होइन, तर यसपटकको घोटालाभित्र केहि गम्भीर तथ्य छन्, जसले नियामक र निक्षेपकर्ता दुबैलाई सचेत हुन आवश्यक छ भन्ने देखाउँछ ।

सिटिजन्स बैंकमा राखिएको मुद्दती निक्षेपलाई ग्राहकको अनुमति विना नै ऋणको फाइल खडा गरी त्यसैलाई धितो बनाइने रहेछ । अर्थात, तपाईंले सुरक्षित हुन्छ भनेर सिटिजन्स बैंकमा राखेको पैसालाई धितो मानेर अरुले नै पैसा चलाईसकेको हुनसक्ने रहेछ । यसले सिटिजन्स बैंक मुद्दती निक्षेप राख्नका लागि हदैसम्म असुरक्षित छ भन्ने प्रष्ट पार्छ । बैंकमा कर्मचारीले जति बदमासी गर्दा पनि छुट दिने नीतिले बैंकमा घोटालाले प्रसय पाइरहेको छ । नक्कली सर्टिफिकेट राखेर जागिर खाए पनि छोडिदिने, घोटाला गरे पनि घोटालाको रकम तिरे छोडीदिने गर्दा बैंकका कर्मचारीहरु अपराध गर्न उद्धत छन् ।

बैंकको मोरङस्थित शाखामा भएको ५ करोड घोटाला बैंकले भित्र भित्रै मिलाउन खोजेको पाइएको छ । तर, जति गर्दा पनि रकम नउठेपछि बैंक प्रहरीमा गएको देखिन्छ । अझ बैंकले प्रहरीमा जाहेरी नदिनका लागि २०-२० लाख रुपैयाँ दोषी ठहर नै नभईसकेका कर्मचारीबाट उठाएको देखिन्छ । यो त कानुनी राज्यमा मनपरी भएन र ?

सिटिजन्स बैंकमा घोटालाको प्रकरण यो नयाँ होइन । केहि समय अघि मात्रै पनि बैंकको खाताबाट करोडौं रुपैयाँ हराएको थियो । तर बैंकलाई राष्ट्र बैंकले कारवाही गरेन । त्यसअघि बैंकका कर्मचारी नै नक्कली सर्टिफिकेटधारी भएको खुलासा भएको थियो । उनीहरुलाई पनि राजिनामा दिएर उम्काईयो । केहिलाई मात्र जाहेरी दिईयो । त्यसभन्दा अघि घोटाला, सुनकाण्ड लगायत अनेक प्रकरणमा बैंक परेको छ ।

तर, सिटिजन्स बैंक आफुलाई अब्बल बैंक भनेर, पैसा तिरेर बरु अवार्ड लिन उद्धत छ, तर बैंक सुध्रिनेवाला देखिंदैन । बैंकका सिइओको सीइओ हुने योग्यताबारे नै प्रश्न उठ्दा पनि उनीमाथि कारवाही भएन । आफ्ना मान्छे अडिटर नियुक्त गरेर घोटाला थाहा नपाएजस्तो गर्ने गरेको देखिँदा पनि बैंक सुध्रिएको देखिएको छैन । अब के सिटिजन्स बैंकप्रति अलि कठोर हुने समय आएन र ? राष्ट्र बैंकले यस विषयमा सोच्नुपर्ने बेला भएन र ?

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै