National

माछापुच्छ्रे बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको साधारणसभा प्रयोजनका लागि बुक क्लोज भएसँगै नेप्सेले बोनस सेयरमा मूल्य समायोजन गरेको हो । 
बोनस सेयरमा मूल्य समायोजन भएसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय ३१ रुपैयाँ ७१ पैसा तोकेको छ । कम्पनीले १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न आगामी कात्तिक ६ गते साधारणसभा बोलाएको छ । 
बैंकले होटल पोखरा ग्राण्ड पार्दि पोखरामा बिहान ११ बजे २२ औं साधारणसभा बोलाएको हो । कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि असोज २२ गते बिहीवार एक दिन बुक क्लोज गरेको छ ।
बुक क्लोजको आधारमा असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । कम्पनीले ७.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै