National

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

Mirmire Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । 
मिर्मिरेले नागवेली लघुवित्तलाई गाभेर एकिकृत कारोबार सुरु गरेपछि नेपाल एसबिआईलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
अब मिर्मिरेको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने र सेयर दाखिल खारेज गर्ने कार्यहरुनेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ । 
साथै नाम सारी गर्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै