National

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पायो ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०’ अवार्ड

Standard Chartered Bank
  • बैंकिङ संसार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ग्लोबल फाइनान्स न्यूयोर्कद्वारा पुरस्कृत भएको छ । उक्त बैंक ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०’ अवार्डबाट पुरस्कृत भएको हो । 
बैंकले उक्त पुरस्कार एशिया प्यासिफिक समूह अन्तर्गत प्राप्त गरेको हो । बैंक यो प्रतिष्ठित पुरस्कारबाट लगातार छैठौं पटक पुरस्कृत हुन सफल भएको छ ।
बैंकले यो अवार्ड डिजिटल ग्राहकहरुलाई प्रदान गर्ने सेवा र आकर्षण गर्न अपनाएको रणनीतिक शक्ति, डिजिटल सेवाहरु प्रयोग गर्नमा ग्राहकहरुमा पाएको सफलता, डिजिटल ग्राहक संख्यामा वृद्धि, बैंकिङ सुविधाहरुको व्यापक उपलब्धता, डिजिटल पहल र वेब साइट/मोबाइल डिजाइनबाट प्राप्त मूर्त फाइदाहरुको प्रमाण र कार्य क्षमताको आधारमा जित्न सफल भएको हो ।
यस वर्ष बैंकले शुरु गरेको मोबाइल २.० एप र बैंकको अनलाइन च्यानलहरुमार्फत गरिएका अन्य धेरै सेवा यात्राहरुको कारण बैंकले आफ्नो डिजिटल सेवालाई आक्रामक रुपमा वृद्धि गरेको छ । 
यस्तै ग्राहकहरुलाई डिजिटल माध्यमहरु प्रयोग गरेर उनीहरुको बैंकिङ आवश्यकताहरु पूरा गर्नमा सक्षम बनाउन सेवाहरुको क्रम थपेको छ । उक्त पुरस्कार लगनशीलता, प्रतिबद्धता र नवीनताको द्योतक रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै