काठमाडौँ। माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकको करिब ३१ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।
बैंकको संस्थापक समूहको ३० लाख ९७ हजार ३८० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंककै संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन ३५ दिनभित्र काठमाडौँको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा पेस गर्न सकिने बैंकले जनाएको छ।
साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।


