फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको कामु सिइओमा भट्टराई नियुक्त

काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले राजीनामा दिएका छन्। लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम दयाल राजवंशीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनले आफ्नो व्यक्तिगत घरायसी कारण देखाउँदै उक्त पदबाट राजीनामा दिएको बुझिएको छ। संस्थाको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको हो।

सोही बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै