गरिमा विकास बैंकको सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने पक्राउ

काठमाडौँ। गरिमा विकास बैंकको सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको विरुवा गाउँपालिकाका महेन्द्र नारायण श्रेष्ठ रहेका छन्।

स्याङ्जाको विरुवा गाउँपालिका १ मा रहेको गरिमा विकास बैंकको सुरक्षा गार्डलाई श्रेष्ठले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। उनले स्याङ्जाका शेर बहादुर थापाको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी घाइते बनाएका थिए।

उनलाई प्रहरीले विरुवा बजारबाट पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा स्याङ्जा जिल्ला अदालतबाट दिन ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै