काठमाडौँ। नेपाली नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। मोरङबाट नेपाली नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङका सहमद हुसेन र महेन्द्र मेहता रहेका छन्। हुसेनले नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट १ थान र उज्ज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा नेपाली रकम १ हजार जस्तो देखिने शङ्कास्पद नेपाली नोट दिएको सूचनाको आधारमा हुसेनलाई पक्राउ गरिएको हो।
हुसेनलाई नियन्त्रण लिएर प्रारम्भिक अनुसन्धान पश्चात् उनले चलाउँदै आइरहेको प्रदेश १-०१-००४ ह ०६३७ नम्बरको सिटी सफारी खानतलासी गर्दा उक्त सिटी सफारीमा लुकाई छिपाई राखेको एक हजारको शङ्कास्पद नेपाली नोटहरू ३ थान गरी जम्मा ५ थान बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धानका क्रममा मेहताको घर खानतलासी गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट ४ थानसमेत बरामद गरेको हो।

