काठमाडौँ। माछापुच्छ्रे बैंकले सिटीटेकसँग सहकार्य गरेको छ। ग्राहकलाई थप सुविधा दिन तथा डिजिटल बैंकिङ कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको हो।
नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको सहकार्यअन्तर्गत केएफसीका विभिन्न आउटलेटमा भुक्तानी गर्न बैंकका अत्याधुनिक पीओएस उपकरण जडान गरिएको छ। यी उपकरणले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआरमार्फत भुक्तानी प्रदान गरिने बैंकले जनाएको छ।
बैंकले ग्राहकलाई उच्चस्तरीय सेवा उपलब्ध गराउन विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको जनाएको छ।
हाल बैंकले १६५ शाखा, ८८ शाखारहित इकाइ, ११ एक्सटेन्सन काउन्टर, १९९ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ।


