खल्तीबाट नेपाल बैंकमा वीथड्र, लिंक र लोड गर्दा 30 हजारसम्म जित्ने मौका !

काठमाडौँ। नेपाल बैंकले लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा ल्याएको छ। नेपाल बैंक तथा खल्ती बाई आइएमईको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंकको ब्राण्ड प्रबर्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा ल्याएको हो ।

यस अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता खल्तीमा लिंकगरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई मुभी टिकेट्स वा Khalti Pro Subscription र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

उक्त अभियानमा योग्य हुनको लागि खल्ती वालेटमा दर्ता भई केवाइसी अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता खल्ती वालेटमा लिंक हुनुपर्ने तथा लिंक गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१-५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै