काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूबीच ४ खर्ब बढी अन्तरबैंक कारोबार भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो पाँच महिना मंसिरसम्म बैंक तथा वित्तीय संस्थारूबीच ४ खर्ब १७ अर्बको अन्तर बैंक कारोबार भएकाे हो।
जसमध्ये पाँच महिनामा वाणिज्य बैंकहरूको ३ खर्ब ४४ अर्ब ७१ करोड रूपैयाँकाे काराेबार भएकाे छ । अन्य वित्तीय संस्थाहरूको भने ७२ अर्ब २९ करोड रूपैयाँकाे अन्तरबैंक कारोबार भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ६०८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरूको ७८ अर्ब ८१ करोड गरी कुल ६८७ अर्ब ३६ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको थियो।

