कामना सेवा विकास बैंकले कमायो कुल ३९ करोड ४५ लाख

काठमाडौँ। कामना सेवा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।

उक्त विवरण अनुसार बैंकले कुल ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको करिब ३२ करोड रुपैयाँबाट बढेर ३९ करोड पुगेको छ। जसले करिब २२ प्रतिशत वृद्धि देखाउँछ।

यता बैंकको प्रतिसेयर आम्दानी २०.४३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ कायम भएको छ भने कुल सम्पत्ति प्रतिसेयर एक हजार ८ सय ६५.०३ रुपैयाँ पुगेको देखिन्छ।

बैंकको पूँजी पर्याप्तता अनुपात १२.५७ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशत रहेको छ भने नेट एनपीएल ०.७७ प्रतिशतमा झरेको छ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै