काठमाडौँ। सालपा विकास बैंकको आइपीओ पुस २० गते अन्तिम दिन रहेको छ। बैंकले पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।


