DISH HOME

‘कृषिमा लगानी धेरै भए पनि अपेक्षित प्रतिफल आएन’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषिमा लगानी धेरै भए पनि सोचेअनुसारको प्रतिफल नआएको बताएका छन् । राष्ट्र बैंकका गभर्नर पौडेलले एक कार्यक्रममा बोल्दै कृषिमा लगानी धेरै भए पनि सोचेअनुसारको प्रतिफल नआएको बताएका हुन्।

उनले बैंक तथा वित्तीय संस्थाले हालसम्म करिब ६ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गरिसकेको भए पनि उत्पादन, उत्पादकत्व र किसानको आम्दानीमा सुधार नदेखिएको पनि उल्लेख गरेका छन्।

गभर्नरले कृषि क्षेत्रमा बिना धितो १० लाख रुपैयाँसम्म कर्जा दिने नीति लागू गरिएको र ३१ हजार ४२ जना किसानले सहुलियतपूर्ण कर्जा पाइसकेको जानकारी दिएका छन् । तर, बजार, मूल्य, ढुवानी र जोखिम व्यवस्थापनको समस्या हुँदा किसानको आम्दानी बढ्न नसकेको बताए।

उनले कृषिप्रति किसानको आकर्षण घट्दै गएको र केही जिल्लामा जनसंख्या पनि घटेको उल्लेख गर्दै किसानलाई फाइदा, जोखिम न्यूनीकरण र प्रभावकारी बीमा प्रणालीलाई प्राथमिकता दिन आवश्यक भएको बताएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै