कृषि विकास बैंकले लाभांश दिने

काठमाडौँ। कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई लाभांश दिने घोषणा गरेको हो।

बैंकले ३.२५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ९. ७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधराणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

यसैगरी नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयरपुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय बैंकले गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्