PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्थाद्धारा एकैसाथ थप ७ नयाँ शाखा संचालनमा

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले एकैसाथ विभिन्न स्थानहरुमा ७ नयाँ शाखा संचालनमा ल्याएको हो । कम्पनीले न्युन उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशः झापा जिल्लाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्त वित्तीय संस्थाले यस अघि २६ जिल्लामा रहेको ४८ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । साथै २७ जिल्लामा भएका आफ्ना ५५ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्ने भएको छ ।
वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्युन आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहुँच पुर्याउदै आइरहेको छ ।
साथै संस्थाले लघु बचत, लघुवीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउंदै आइरहेको छ । वित्तीय संस्थामा करिव ३६ हजार भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन् । यस्तै लगानीमा रहिरहेको कर्जा रकम १ अर्व ६० करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै