PRABHU BANK

नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Neco Insurance
  • बैंकिङ संसार
काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म आइपुग्दा ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १३ ला रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । जुन यस आर्थिक वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षको कम्पनीको खुद बीमाशुल्क कम हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले गत वर्ष सोही अवधिमा ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीकोे पहिलो त्रैमासमा आम्दानी २० करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा भने कम्पनीको आम्दानी १२ करोड ६० लाख रुपैयाँ रहेको थियो ।यसैगरी चालु आर्थिक वर्षमा ७ करोड ९४ लाख रुपैयाँ खर्च गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ करोड ६ लाख रुपैयाँ खर्च गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ३१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ रहेको छ । यस्तै बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ हजार ४२ वाटा बीमालेख जारी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ६८ हजार ४ सय वटा मात्र बीमालेख जारी गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै