काठमाडौँ। डिशहोमले नेपालको लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ । डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकहरूले अब डल्लेका उपत्यकाभित्रका सबै आउटलेटमा विशेष छुट पाउनेछन् ।
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यकाभित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप डाउनलोड गर्नुपर्छ । दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुपर्छ । त्यसपछि, होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुपर्छ र डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्न सकिन्छ ।
सम्झौतामा डल्लेका म्यानेजिङ डिरेक्टर आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईले एमओयूमा हस्ताक्षर गरे ।


