काठमाडौँ। कैलालीको जोशीपुरस्थित एनआईसी एशिया बैंक शाखामा वृद्ध भत्ता बुझ्न आएका सेवा ग्राहीहरूको भीडले सामाजिक संजाल तताएको छ । बैंकको भुईँमा नै बसेका वृद्धवृद्धाहरूको तस्बिर अहिले सामाजिक सञ्जाल तताएको हो ।
स्थानीय प्रशासनले वृद्धभत्ता वितरणका लागि बैंकमार्फत रकम पठाएपछि एकैपटक भत्ता लिन आएका बुढाबुढीको भीड लागेको हो । धेरै जना बिहानैदेखि लाइनमा बसेका र लामो प्रतीक्षापछि थकित भएर भुईँमै बस्न बाध्य भएको देखिन्छ। तस्बिरमा बैंकको पर्खालछेउ र भुईँमा बसेका वृद्धवृद्धाहरू हातमा कागजात लिएर आफ्नो पालो पर्खिरहेको देखिन्छ।
कतिपय लाठी टेकेका, कतिपय खुट्टा दुखेका अवस्थामा पनि बैंकमा उपस्थित भएका छन्।
पैसा माग्दै बूढा बा-आमाहरु थकित अवस्थामा एनआईसी एशिया बैंकको भुईँमै बसेको तस्विर हाल सामाजिक सञ्जालमा भाइरल नै बनेको छ। बा-आमाहरु बैंकमा आफ्नो वृद्ध भत्ता बुझ्न पालो कुरीरहेको छन्।



