DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई स्काइवाक टावरमा विशेष छुट

काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले स्काइवाक टावरमा विशेष छुट पाउने भएका छन्। बैंक र वन्डर्स नेपाल प्रालिबीच ग्राहकलाई स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएकाे हाे।

उक्त समझदारीसँगै बैंकका ग्राहकले स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रर्वद्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएकाे छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै