DISH HOME

जलविद्युत् क्षेत्रमा बैंकहरूले गरे ४ खर्ब बढी कर्जा लगानी

काठमाडौँ। नेपालका बैंक तथा वित्तीय संस्थाहरूले जलविद्युत् क्षेत्रमा ४ खर्ब ४८ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। जसले कुल कर्जाको करिब ७.९७ प्रतिशत हिस्सा ओगटेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्ला तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ५६ खर्ब २७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरूले मात्रै जलविद्युत् क्षेत्रमा ४ खर्ब ४० अर्ब ३ करोड रुपैयाँ लगानी गरेका छन्। जबकि विकास बैंकले ८ अर्ब २८ करोड र फाइनान्स कम्पनीहरूले ४६ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन्।

राष्ट्र बैंकले जलविद्युत् क्षेत्रलाई प्राथमिकताप्राप्त क्षेत्रको रूपमा वर्गीकरण गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई निश्चित प्रतिशत लगानी अनिवार्य गरेको छ। उक्त निर्देशनअनुसार वाणिज्य बैंकहरूले २०८२ असारसम्म आफ्नो कुल कर्जाको न्यूनतम ७ प्रतिशत जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्नेछ।  यो अनुपात २०८५ असारसम्म १० प्रतिशत पुर्‍याउनुपर्नेछ।

भदौ मसान्तसम्मको लगानी विवरणअनुसार कुमारी बैंक ४२ अर्ब ९७ करोड रुपैयाँ लगानीसहित शीर्ष स्थानमा छ। त्यसपछि नबिल बैंक ४० अर्ब ८६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३२ अर्ब ३७ करोड, एनएमबि बैंक ३० अर्ब ७५ करोड, स्टान्डर्ड चार्टर्ड बैंक ८ अर्ब ४३ करोड र लक्ष्मी सनराइज बैंक २९ करोड ८२ लाख रुपैयाँ लगानीसहित क्रमश: रहेका छन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै