prabhu

अंग्रेजी नबुझ्दा गलत उत्तर दिने सीइओ उपाध्याय ट्रोलको सिकार

काठमाडौँ। गरिमा विकास बैंकका सीइओ माधव आचार्यले पूर्व बैंकर अनिल शाहको अंग्रेजी नबुझ्दा दिएको गलत उत्तरका कारण सीइओ उपाध्याय ट्रोलको सिकार बनेका छन् ।

पूर्व बैंकर अनिल शाहले एक पोडकाष्टका क्रममा नेपालको लोन सिष्टममा कुनै एउटा आउटडेटेड रुल कुन फिक्स गर्न चाहानुहुन्छ भनि सोधिएको प्रश्नमा आचार्यले अंग्रेजी नै नबुझ्दा ऋणको ब्याजदर फिक्स हुनुपर्ने जवाफ दिएका थिए । सो जवाफ उनले अंग्रेजी नबुझेका कारण गलत दिएको प्रष्ट हुँदा पनि कार्यक्रममा सो जवाफ हुबहु प्रशारण भएको थियो ।

कतिपयले आचार्यले अंग्रेजी नबुझेको भन्दै चर्चा गरिरहेका छन् भने कतिपयले गाउँमा शिक्षक हुँदै सीइओ बनेका व्यक्तिले प्रश्न गलत बुझ्दा दिएको गलत उत्तर नकाटी उनलाई होच्याउने बदनियत राखेर त सो कार्यक्रम प्रशारण गरिएको होइन रु भन्दै प्रश्न उठाएका छन् ।

निकै सरल सीइओका रुपमा परिचित आचार्य बोलिने अंग्रेजीमा केहि कमजोर हुनु उनको पृष्ठभूमिका कारण पनि सामान्य रहे पनि पूर्व बैंकर शाहले सो क्लिप नकाटेको भन्दै उनको चर्को विरोध भईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै