prabhu

सिटिजन्स बैंक र ई-स्पोट नेपालबीच सम्झौता, ग्राहकलाई १० प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नागपोखरीस्थित ई-स्पोट नेपालबीच डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सेवा सुदृढीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसार, सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्डधारक, प्रिभिलेज कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ ग्राहकहरूले ई-स्पोट नेपालका सबै आउटलेटहरूमा ईभी चार्जिङमा ५ प्रतिशत र फूडमा ५ प्रतिशत छुट, गरी कुल १० प्रतिशत सम्मको छुट पाउनेछन्।

बैंकले यो सहकार्यलाई नगद कारोबार घटाउँदै डिजिटल माध्यममा प्रोत्साहन दिने रणनीतिक पहलको रूपमा लिएको छ । सिटिजन्स बैंकले यस्ता ग्राहकमैत्री अफरहरू समय-समयमा ल्याउने पनि जनाएको छ। छुटसम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै