DISH HOME

प्रभु बैंक र फ्रन्टलाइन हस्पिटलबीच सहमति, ग्राहक र कर्मचारीलाई १० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक र बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल बीच बैंकका ग्राहक तथा कर्मचारीलाई १० प्रतिशतसम्म छुट दिने समझदारी भएको छ।

सम्झौता अनुसार, प्रभु बैंकका कर्मचारी, उनका परिवार तथा ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलका सेवामा छुट प्राप्त गर्नेछन्, जुन हस्पिटलमै सिधै प्रयोग गर्न सकिनेछ।

सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा, तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका हुन्।

यो सहकार्यले स्वास्थ्य र वित्तीय क्षेत्रबीचको सहकार्य बलियो बनाउने र सेवा विस्तारमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै