prabhu

एनआईसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ। एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको बराहक्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र २, सुनसरीको आदर्श माविमा साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ८८ जना सदस्यहरुको उपस्तिथिति थियो । कार्यक्रममा शाखा प्रमुख मनोज राई, जन प्रतिनिधि दिपक राई, एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजबंशी लगायतले हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारीमुलक प्रस्तुति दिएका थिए । पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो ।

वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल भएको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै