PRABHU BANK

सनराइज बैंक लिमिटेडको नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका-४, प्रश्वनी सप्तरीमा शाखारहित बैंकिङ सेवाको संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ५७ पुगेको छ । बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका-४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विनोद प्रसाद चौधरीलाई नियुक्त गरेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने पनि बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, १ सय ६१ वटा एटिएम, ५७ वटा शाखारहित बैंकिङ सेवा र ११ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै