PRABHU BANK

सेन्ट्रल फाइनान्सले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश दिने

Central Finance
  • बैंकिङ संसार
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको हो । जुन गत तीन वर्ष यताकै उच्च लाभांशदर हो ।
पुस १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने भएका छन् । हाल फाइनान्सको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने ७ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ८८ करोड ९ लाख रुपैयाँ हुनेछ ।
फाइनान्सले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो भने आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै