PRABHU BANK

बैंक अफ काठमाण्डू र यल्लो प्यगोडा होटलबीच सम्झौता, १५ प्रतिशत छुट पाइने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू र यल्लो प्यगोडा होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच ग्राहकहरुले यल्लो प्यागोडा होटलमा बैंकिङको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । 
बैंक अफ काठमाण्डूका तर्फबाट कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलका तर्फबाट महाप्रबन्धक अर्जुन केशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता भने पुस ११ गते आइतबार भएको हो । बैंकका ग्राहकहरुले ३५ सय रुपैयाँमा होटलमा कोठा पनि पाउने भएका छन् । यल्लो प्यगोडा होटलले काठमाण्डौं र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै