PRABHU BANK

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, कर्पोरेट-पे सञ्चालन गर्ने

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । बैंक र क्लियरिङ हाउसबीच कर्पोरेट-पे सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सेवामार्फत कर्पोरेट ग्राहकले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले सो सम्झौता पश्चात उक्त सेवा कर्पोरेट ग्राहकका लागि छिट्टै नै सञ्चालनमा ल्याउने भएको छ । 
यस सेवाले कोभिड-१९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्ने भएको छ । बैंकले देशका विभिन्न भागमा १ सय २४ वटा शाखा, एक ऐक्स्टेन्सन काउन्टर, ६६ वटा एटीएम एवं सोसियल मिडिया बैंकिङ प्ल्याटर्फममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै