DISH HOME

नेपाल धितोपत्र बोर्डले १२ रुपैयाँ घटाइदियो हिमालयन बैंकको एफपिओको सेयर मूल्य

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकको एफपिओको सेयर मूल्य १२ रुपैयाँले घटाइ दिएको छ। बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्काशनको अनुमति दिएसँगै हिमालयन बैंकको एफपिओको सेयर मूल्य १२ रुपैयाँले घटाइ दिएको हो।

एफपीओ निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ। बोर्डले बैंकलाई अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गर्ने अनुमति दिएको छ।

बैंकले अंकित मूल्य १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १६९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो।

अब बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै