prabhu

प्रभु बैंकका अध्यक्ष किशोरजङ्ग कार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ। प्रभु बैंकका अध्यक्ष किशोरजङ्ग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कार्कीले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति थियो । साथै, कार्यक्रममा प्रभु बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति थियो ।

बैंक सञ्चालक समितिको अध्यक्ष बनेका कार्की पब्लिक सेयर होल्डरकातर्फबाट सञ्चालक समितिमा थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै