DISH HOME

ग्राहकलाई हरानी दिनसम्म दिएपछि थोत्रा एटिएम मेशिनहरु बेच्दै ग्लोबल आईएमई बैंक, कोहि किन्न नआए आफैँ चलाउने !

काठमाडौं । ग्राहकले हैरानी खेप्दा खेप्दा पूराना भएका एटिएम मेशिनहरु ग्लोबल आइएमई बैंकले बेच्ने भएको छ । बैंकले आफ्ना पुराना एटीएम मेसिनहरु बिक्री गर्न ७ दिने बोलपत्र आह्वान गरेको हो ।

बैंकले कमलादीस्थित कार्यालय परिसरमा रहेका ७ थान, गोदाममा रहेका २ थान र अनामनगर शाखा कार्यालयमा रहेको १ थान गरी कुल १० थान एटीएम मेसिनहरू जुनसुकै अवस्थाबाट बिक्री गर्न लागेको जनाएको छ।

बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थाहरूलाई सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ। बोलपत्र पेश गर्ने अन्तिम मिति २०८१ साल असार २९ गतेसम्म तोकिएको छ।

बैंकले बोलपत्र स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार आफ्नै मातहत रहने स्पष्ट पारेको छ । थोत्रा मेशिन किन्न कोहि नआए आफैँ चलाउने तयारीसमेत बैंकले गरेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै