काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रणवलाल सिंह पक्राउ परेका छन् । २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह रहेका छन् । सिंहलाई बैंकिङ कसुर मुद्दामा २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो ।
पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतमाफर्त फैसला कार्यान्वयनका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।