prabhu

सानिमा बैंक र सफायर एस्थेटिक्सबीच सम्झौता

काठमाडौँ । सानिमा बैंक र सफायर एस्थेटिक्स प्रालिबीच छुट सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्समा विशेष छुटको व्यवस्था गरेको हो ।

सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट-क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाईटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै