काठमाडौँ। सिटिजन्स बैंकले वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शनिबार काठमाडौँको कीर्तिपुर नगरपालिका १४, चोभारस्थित मञ्जुश्री पार्कमा आयोजित कार्यक्रममा करिब १ हजार २८५ विभिन्न प्रजातिका बोटबिरुवा रोपेको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन, बैंकका उच्च व्यवस्थापन टोली तथा कर्मचारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले हरियाली बढाउने र वातावरण संरक्षण गर्ने र हरेक वर्ष ‘स्मार्ट बचत खाता १ खाता, १ रुख’ अभियान अन्तर्गत रूखहरू रोप्ने जनाएका छन्।
यसअघि पनि बैंकले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, मठमन्दिर तथा सार्वजनिक संरचनामा सहयोग गर्दै आएको छ।