काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई होटल यार्शामा छुट हुने भएको छ। बैंकका ग्राहकलाई होटल यार्शामा विशेष छुट हुने भएको हो।
बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शाको कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने भएका छन् ।
यो छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्नेछ । होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो ।
यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको जनाईएको छ । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।